कीवर्डहरू -

बेहुली फ्रम मेघौलीको क्लिप्स सामाजिक सञ्जालमा राख्नेविरूद्ध साइबर ब्यूरोमा उजुरी

बेहुली फ्रम मेघौलीको क्लिप्स सामाजिक सञ्जालमा राख्नेविरूद्ध साइबर ब्यूरोमा उजुरी

‘बेहुली फ्रम मेघौली’ फिल्मको शर्ट क्लिप्सहरू सामाजिक सञ्जालमा राख्ने प्रयोगकर्ताको अकाउन्ट बन्द हुने भएको छ । 

चलचित्रका निर्माता निश्चल बस्नेतले हलमा भिडियो खिचेर आफ्नो सामाजिक संजालमा राख्ने अकाउन्ट बन्द हुने चेतावनी दिएका हुन् । 

शर्ट क्लिप्सहरू खिचेर सामाजिक सञ्जालमा राख्ने विरूद्ध बस्नेतले साइबर व्यूरोमा समेत उजुरी दिइसकेका छन् । केही समययता बेहुली फ्रम मेघौलीको अधिकांश भिडियो क्लिप्सहरु सामाजिक संजाल टिकटक, फेसबुक, इन्स्टाग्राम, टुइटर, युट्युब जस्ता माध्यमहरुमा धेरैजनाले पोस्ट गरेका छन् । 

पाइरेसी अपराध भएको बताउँदै बस्नेतले बौद्धिक सम्पति चोरी नगर्न र यसबारे अरुलाई पनि जानकारी दिन अनुरोध गरेका छन् ।