कीवर्डहरू -

गुगल प्ले स्टोरमा भोजमाण्डु एप १ लाखभन्दा बढी डाउनलोड

गुगल प्ले स्टोरमा भोजमाण्डु एप १ लाखभन्दा बढी डाउनलोड

नेपाली फूड डेलिभरी स्टार्टअप भोजमाण्डूले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पुरा गरेको छ। यस उपलब्धिसँगै, कम्पनीले आफूलाई नेपाली बजारमा तेस्रो ठूलो फूड डेलिभरी एपका रूपमा स्थापित गर्न सफल भएको दावी गरेको छ ।

काठमाडौं उपत्यकाभित्र छिटो, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको भोजमाण्डूले यो उपलब्धिको अवसरमा ‘100K+ Celebration Offer’ सार्वजनिक गरेको छ। 

यस अफर अन्तर्गत नयाँ तथा नियमित ग्राहकहरूलाई विशेष छुट र लाभ प्रदान गरिनेछ। अफरमा पहिलो र दोस्रो अर्डरमा २० प्रतिशत छुट, बिरयानीमा ५० प्रतिशत छुट, पिज्जामा ‘Buy 1 Get 1’, तथा विभिन्न रेस्टुरेन्टमा १०–२० प्रतिशत छुट उपलब्ध छन्।

भोजमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक सुनिल यादवले भोजमाण्डू सुरु गर्दा आलोचना भोग्नुपरेको अनुभव सुनाउँदै भने, ‘नेपालमा स्टार्टअप सुरु गर्नु सजिलो छैन। यहाँ तपाईंले शून्यबाट सुरु गर्नुपर्छ – टेक्नोलोजी, मार्केटिङ, ग्राहक सेवा सबै आफैं गर्नुपर्छ।’

यादवका अनुसार, उनले कुनै ठूलो लगानी बिना आफ्नै स्रोत र आत्मविश्वासमा सर्भर, सफ्टवेयर, कोर्स र मार्केटिङमा लगानी गर्दै यो उपलब्धि हासिल गरेका हुन्।

भोजमाण्डूले हाल नेपालभित्र मात्र नभई विदेशबाट अर्डर गरेर पनि नेपालमा रहेका आफन्तलाई खाना डेलिभरी सेवा दिने सुविधा प्रदान गर्दै आएको छ। आगामी दिनमा कम्पनीले फ्लावर डेलिभरी, गिफ्टिङ सोल्युसन, खाद्यान्न आपूर्ति र क्लाउड किचन नेटवर्क विस्तार गर्दै देशभर सेवा पुर्‍याउने लक्ष्य राखेको छ।

यो उपलब्धि केवल व्यवसायिक उन्नति मात्र नभई नेपाली युवाको आत्मबल, दृढता र नवप्रवर्तन क्षमताको उदाहरणका रूपमा हेरिएको छ। भोजमाण्डूले देखाएको बाटो अन्य स्टार्टअपहरूका लागि प्रेरणा बन्ने विश्वास गरिएको छ।