कीवर्डहरू -

एनपीएलको लाइभ फिड उत्पादन गर्न बोलपत्र आह्वान

एनपीएलको लाइभ फिड उत्पादन गर्न बोलपत्र आह्वान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग २०२५ का लागि लाइभ फिड उत्पादन गर्नका लागि बोलपत्र आह्वान गरेको छ । 

कात्तिक १२ गते सूचना प्रकाशित गर्दै क्यानले इच्छुक र योग्य बोलकर्तालाई बोलपत्र पेश गर्न आग्रह गरेको हो । 

बोलपत्र सम्बन्धि दस्तावेजहरु नेपाल क्रिकेट संघको मुलपानी, काठमाडौंस्थित कार्यालयबाट कात्तिक १७ गते (नोभेम्बर ३, २०२५) सम्म कार्यालय समयभित्र प्राप्त गर्न सकिनेछ । यसका लागि कम्पनी वा फर्मको दर्ता प्रमाणपत्रको प्रतिलिपि र १० हजार रूपैयाँ शुल्क लाग्ने छ । 

सिलबन्दी बोलपत्र कात्तिक १८ गते (नोभेम्बर ४, २०२५) दिउँसो १२ बजेभित्र संघको मुलपानीस्थित कार्यालयमा बुझाउनुपर्नेछ । 

बोलपत्रहरू सोही दिन दिउँसो २ बजे संघको कार्यालयमा बोलकर्ता प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछन् । बोलपत्रको वैधता ९० दिन रहनेछ र न्यूनतम एनआरएस ९ लाख बराबरको जमानत पेश गर्नुपर्नेछ, जुन बोलपत्रको वैधता अवधि समाप्त भएको मितिबाट ३० दिनसम्म मान्य हुनुपर्नेछ ।

एनपीएलको पहिलो सिजन प्रतिस्पर्धाबिना भारतको कम्पनीलाई दिँदा विवादमा परेपछि क्यानले यसवर्ष बोलपत्र आह्वान गरेको हो । गतवर्ष क्यानले ब्रान्ड लजिक र भारतको कम्पनी टीसीएम स्पोर्टसलाई लाइभ फिड उत्पादन र प्रसारणको जिम्मा दिएको थियो । 

null