कीवर्डहरू -

भैरव टेकका सीईओ विजय लिम्बु ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी सीईओ’ अवार्डबाट सम्मानित

भैरव टेकका सीईओ विजय लिम्बु ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी सीईओ’ अवार्डबाट सम्मानित

नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेक्नोलोजीका संस्थापक विजय लिम्बु सेनिहाङले ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी सीईओ’ अवार्ड प्राप्त गरेका छन् । 

साइबर सुरक्षामा दश वर्ष भन्दा बढीको अनुभव भएका विजय ग्लोबल सीईओ एक्सिलेन्स अवार्ड अन्तर्गत ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी सीईओ २०२४’ (नेपाल) अवार्डबाट सम्मानित भएका हुन् । 

अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै विजय लिम्बुले अवार्डले डिजिटल क्षेत्रलाई सुरक्षित राख्न अथक प्रयास गर्ने भैरव टेकको सम्पूर्ण टिमलाई प्रतिबिम्बित गर्ने बताए । 

यस सम्मानले साइबर सुरक्षाको समाधानमा उत्कृष्ट नेतृत्व प्रदान गर्न र अझै नयाँ नयाँ इन्नोभेसनमा काम गर्न हौसला मिलेको उनको भनाइ छ । 

सन् २०१९ मा स्थापना भएको भैरव टेक नेपालमा मात्र नभएर विश्वमा नै आफ्नो छुट्टै छाप छोड्न सफल भएको छ । 

कम्पनीले सुरक्षा समाधानहरूका साथै बलियो साइबर प्रतिरक्षा विकासका लागि परामर्श सेवाहरू, पेनिट्रेसन टेस्टिङ र जीआरसी लगायतका सेवा पनि उपलब्ध गराउँदै आएको छ ।