कीवर्डहरू -

मोरू डिजिटल वालेटको अध्यक्षमा बिनिल केसी नियुक्त

मोरू डिजिटल वालेटको अध्यक्षमा बिनिल केसी नियुक्त

मोरू डिजिटल वालेट (पे नेप प्रा लि) को अध्यक्षमा बिनिल केसी नियुक्त भएका छन् । उनले शुक्रबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी आफ्नो पदभार सम्हालेका हुन् । 

व्यवस्थापनमा स्नातकोत्तर गरेका केसीसँग उत्पादन तथा व्यापारको क्षेत्रमा १८ वर्षभन्दा बढिको नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ ।

 मोरू डिजिटल वालेटको संचालक समिति सदस्यका रुपमा विगत तीन वर्षदेखि कार्यरत केसी  तुलसीपुर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष समेत हुन् । 

ग्राहक सन्तुष्टि र नवीनतम प्राविधिको प्रयोग गर्ने मोरू डिजिटल वालेटका प्रतिवद्धताहरूमा उनको नेतृत्वले थप उर्जा दिने छ ।