कीवर्डहरू -

बिवाईडी डल्फिन र सिलले पाए सुरक्षामा फाइभ स्टार मूल्यांकन

बिवाईडी डल्फिन र सिलले पाए सुरक्षामा फाइभ स्टार मूल्यांकन

बिवाईडी डल्फिन र बिवाईडी सिलले सुरक्षामा फाइभ–स्टार मूल्यांकन प्राप्त गरेको छ। अस्ट्रेलियाको नयाँ कारको मूल्यांकन गरिने कार्यक्रम अन्तर्गतको नवीन परीक्षण मापदण्ड अनुसार यी दुई कारले फाइभ स्टार मूल्यांकन प्राप्त गरेका हुन् । 

सुरक्षाको फाइभ–स्टार मूल्याङ्कन प्राप्त गर्न, सवारी साधनहरुले सबै परीक्षणहरुमा उच्चतम मापदण्ड प्राप्त गर्नु पर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरुले सुसज्जित भएको हुनुपर्छ । 

एएनसीएपीको रिपोर्ट अनुसार बीवाईडी सिलले अब्लिक पोल परीक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अङ्क प्राप्त गरेको  छ। यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बालबच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको छ। 

यस्तै डल्फिनले अगाडि परेको ठक्कर र छेउछाउ या किनारामा परेको ठक्करको प्रभाव परीक्षणमा बालबच्चा यात्रीको सुरक्षामा अधिकतम अङ्क हासिल गरेको छ। साथै,  यसले २०२३ मा परीक्षण गरिएका सबै मोडलहरू मध्यमा सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा सर्वाधिक ८५ प्रतिशत अङ्क हासिल गरेको छ।