कीवर्डहरू -

ब्लूस्काईमा अब ट्रेन्डिङ टपिक्स देखिने

ब्लूस्काईमा अब ट्रेन्डिङ टपिक्स देखिने

ब्लूस्काईले आफ्नो प्लेटफर्ममा नयाँ सुविधाको रूपमा ट्रेन्डिङ टपिक्स सुविधाको बेटा संस्करण सुरु गरेको छ । यो नयाँ सुविधा प्रयोगकर्ताहरूले सबैभन्दा धेरै अनुरोध गरेका सुविधाहरूमध्ये एक हो । 

यो सुविधा थ्रेड्स र एक्स (पहिलेको ट्विटर) को जस्तै मिल्दपजुल्दो रहेको छ । ट्रेन्डिङ सेक्सनले प्लेटफर्ममा भाइरल भएका शीर्ष कन्टेन्टहरू देखाउने छ, जसमा हाल ‘क्रिसमस,’ ‘नोसफेराटु’ र ‘विकिपिडिया’ (एलन मस्कको कारण) मुख्य टपिक्समा रहेका छन् । 

नयाँ सुविधालाई डेस्कटप संस्करण र मोबाइल एप्समा सर्चमा क्लिक गरेर पाउन सकिने छ  वा सेटिङ्समा गएर पूर्ण रूपमा बन्द गर्न सकिने छ ।

तपाईंले म्यूट गरेका शब्दहरू ट्रेन्डिङ टपिक्समा देखा पर्ने छैनन् । ब्लूस्काईमा हालै मात्र २५ मिलियन प्रयोगकर्ता पुगेका थिए । धेरैजसो प्रयोगकर्ताहरू अमेरिकी चुनावपछि एक्सबाट पलायन भएका थिए । 

थ्रेड्स र एक्सको तुलनामा यो संख्या अझै सानो भए पनि प्रयोगकर्ताहरूले एलन मस्कको प्लेटफर्मको तुलनामा बट्स र दुर्व्यवहारको कमी रहेको टिप्पणी गरेका छन् ।  ब्लुस्काईमा अन्य अत्यधिक माग गरिएका सुविधाहरू, जस्तै बुकमार्क, सम्पादन, प्रमाणिकरण ब्याज र निजी पोस्टहरू भने अझै लागू भएका छैनन् ।