कीवर्डहरू -

पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ई-फाइभ ईभी खरिद गर्दा १ लाख ५० हजार रूपैयाँ बोनस

पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ई-फाइभ ईभी खरिद गर्दा १ लाख ५० हजार रूपैयाँ बोनस

 नेपालको अग्रणी विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ई-फाइभ विद्युतीय गाडी खरिद गर्दा १ लाख ५० हजार रूपैयाँको विशेष एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् ।

योजनाअवधिभर ओमोडा ई-फाइभको सीमित स्टकसँग आफ्नो गाडी एक्सचेन्ज गर्ने ग्राहकहरूले विभिन्न आकर्षक लाभहरू पनि प्राप्त गर्ने छन् । ब्रान्डले चालु आर्थिक वर्षका लागि सडक कर (रोड ट्याक्स) मा पूर्ण छुट दिनेछ  भने  प्रत्येक एक्स्चेन्जमा ७ किलोवाटको चार्जर नि:शुल्क उपलब्ध गराउने छ ।

सीमित स्टकका ओमोडा ई-फाइभ गाडीको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसबाहेक ग्राहकले थप नगद छुट पाउनेछन् भने प्रत्येक खरिदमा नि:शुल्क टि-बक्स पनि समावेश हुन्छ, जसले गाडीको कनेक्टिभिटी र कार्यक्षमतालाई बढाउँदछ ।

एसपीजी अटोमोबाइल्स प्रालि लिमिटेडका प्रबन्ध निर्देशक गौरव शारडाले ओमोडा गाडी खरिद गरी विद्युतीय सवारीसाधनतर्फ ‘अपग्रेड’ हुन चाहने ग्राहकका लागि यो अफर सञ्चालन गरिएको बताए ।

ओमोडा ई-फाइभ, नेपालमा ईभी खरिदकर्ताका लागि उत्कृष्ट एक्स्टेरियर डिजाइन, आधुनिक सेक्युरिटि (सुरक्षा) सुविधाहरू र ड्राइभिङ अनुभवलाई स्तरोन्नति गर्ने प्रविधिका साथै शीर्ष रोजाइको रूपमा रहेको कम्पनीको भनाइ छ । ओमोडा ई-फाइभको सीमित स्टक रहँदासम्म यो योजना लागू हुने कम्पनीको भनाइ छ ।