कीवर्डहरू -

अनरको X9D स्मार्टफोन बुकिङ गर्दा स्मार्टवाचदेखि दीपलको S05 कार जित्ने अवसर

अनरको X9D  स्मार्टफोन बुकिङ गर्दा स्मार्टवाचदेखि दीपलको S05 कार जित्ने अवसर

अनरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन अनर एक्स नाइड डी (X9d) को प्रिबुकिङ सुरू गरेको छ। शक्तिशाली प्रदर्शन, उच्च मजबुती र उत्कृष्ट विश्वसनीयताका लागि डिजाइन गरिएको यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताको आवश्यकता पूरा गर्न तयार गरिएको हो।

अनर एक्स नाइड डीमा २.५ मिटर ड्रप रेसिस्टेन्स, उद्योगमै अग्रणी IP69K रेटिङ, लामो समयसम्म चल्ने ८३०० एमएएच क्षमताको ठूलो ब्याट्री र १०८ मेगापिक्सेल उच्च रेजोलुसन क्यामेरा जस्ता विशेषताहरू समावेश छन्। यो स्मार्टफोन नेपालमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजसहित ५४ हजार ९९९ रूपैयाँ तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेजसहित ५९ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ। 

लञ्च अवसरमा अनरले २०२६ जनवरी २३ देखि जनवरी २८ सम्म प्रि–बुकिङ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकहरूले १५ हजार ९९९ रूपैयाँ मूल्य बराबरको अनर च्वाइस वाच टु प्रो निःशुल्क पाउनेछन् भने स्क्रिन, ब्याक र पानीबाट हुने क्षतिको मर्मतसमेत समेटिएको २० हजार रूपैयाँ मूल्य बराबरको १ वर्षे सेवा सुविधा पनि उपलब्ध हुनेछ। 

साथै, एक जना भाग्यशाली प्रि–बुकिङ ग्राहकले ५८ लाख ९९ हजार ९९९ रूपैयाँ मूल्य बराबरको बिल्कुल नयाँ दीपल S05 कार जित्ने अवसर पाउनेछन्। अनरले ग्राहकहरूलाई नजिकको आधिकारिक अनर आउटलेट वा रिटेल स्टोरमा गई अनर X9d प्रि–बुक गर्न आग्रह गरेको छ।