नेपालको अग्रणी सूचना प्रविधि तालिम संस्था ब्रोडवे इन्फोसिसले आफ्नो १८औँ वार्षिकोत्सव विशेष अफर सार्वजनिक गरेको छ ।
तीन दिनसम्म लागू हुने आकर्षक छुट योजना साउन १२ गतेदेखि १४ गतेसम्म लागु हुनेछ ।
यस योजनाअन्तर्गत ब्रोडवे इन्फोसिसले आफ्ना सबै आईटी तथा नन-आईटी कोर्षहरूमा २२ प्रतिशतको विशेष छुट प्रदान गर्ने घोषणा गरेको छ ।
सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउँदै आएको ब्रडवे इन्फोसिसले विगत १८ वर्षदेखि वेब विकास, प्रोग्रामिङ, ग्राफिक्स तथा मल्टिमिडिया जस्ता कोर्षहरूमा गुणस्तरीय तालिम दिँदै आएको छ।
यस छुट योजनाले विद्यार्थी तथा पेशागत व्यक्तिहरूलाई आफ्ना सीप अभिवृद्धि गर्न झनै सहज अवसर प्रदान गर्ने संस्थाको विश्वास छ ।
उक्त छुट योजनाका बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
आईसीटी समाचार