काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण संसद्मा प्रस्तुत गर्न सुरु गरेका छन् । बजेटमार्फत सरकारले आगामी वर्षको राजश्व संकलन, सार्वजनिक खर्चको अनुमान तथा वित्तीय व्यवस्थापनसम्बन्धी योजना सार्वजनिक गर्दैछन् ।
बजेट भाषण सुरुमै अर्थमन्त्री वाग्लेले नेपालमा पहिलो बजेट प्रस्तुत गर्ने तत्कालीन अर्थमन्त्री सुवर्णशमशेर राणालाई स्मरण गर्दै सम्मान व्यक्त गरेका थिए ।
यसैबीच, सरकारले व्यक्तिगत आयकरको सीमा बढाएर १० लाख रुपैयाँ पुर्याएको घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले उक्त व्यवस्था लागू गरिने जानकारी दिएका हुन् ।
सरकारले बजेटमार्फत कर प्रणाली, आर्थिक सुधार तथा विकास खर्चलाई प्राथमिकतामा राख्दै वित्तीय अनुशासन कायम गर्ने लक्ष्य अघि सारेको जनाएको छ ।
आईसीटी समाचार