कीवर्डहरू -

सहुलियपूर्ण स्टार्टअप कर्जाका लागि ७३ करोड रूपैयाँ बजेट

सहुलियपूर्ण स्टार्टअप कर्जाका लागि ७३ करोड रूपैयाँ बजेट

सरकारले सहुलियपूर्ण स्टार्टअप कर्जाका लागि ७३ करोड रूपैयाँ बजेट छुट्याएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र त्यसका लागि ७३ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

उनले जेन-जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत बताएका छन् ।