कीवर्डहरू -

सुपर एप बन्दै ‘कहाँ एप’, लोकेसन म्यापिङदेखि ई-कमर्ससम्मको सुविधा दिने योजना

सुपर एप बन्दै ‘कहाँ एप’, लोकेसन म्यापिङदेखि ई-कमर्ससम्मको सुविधा दिने योजना

सुपर एपको बन्ने योजनासहित कहाँ एप अगाडि बढेको छ । लोकेसन म्यापिङदेखि ई-कमर्ससम्मको सुविधा एउटै एपबाट दिने गरी कहाँ एपले काम गरिरहेको छ ।

लोकेसन म्यापिङ, प्रोफाइलिङदेखि ई-कमर्ससम्मको सुविधा एउटै एपबाट दिने गरी काम गरिरहेको कहाँ एपका संस्थापक नारायण क्षेत्रीले बताउँछन् । 

अहिले आधिकारिक रूपमा सार्वजनिक नभएको कहाँ एपले आफ्ना सेवाहरू चरणबद्ध रूपमा सार्वजनिक गर्ने योजना बनाएको छ । त्यसैअनुसार केही दिन अगाडि सम्पदा फिचर सार्वजनिक भएको थियो । 

यस फिचरको सहायताले नेपालका विभिन्न सम्पदामा राखिएको क्युआर स्क्यान गरेर त्यसको बारेमा समग्र जानकारी लिन सकिने छ । 

यस बाहेक कहाँ एपबाट कुनै ठाउँमा जान, आफ्नो लोकेसन अरूलाई शेयर गर्न, कम्पनीहरूको प्रोफाइलिङ, आपतकालिन नम्बरको जानकारी लगायतका सेवा दिने योजना कम्पनीले बनाएको छ । 

कहाँ एपबारे थप जानकारी लिन तलको भिडियो हेर्न सक्नुहुनेछ ।