कीवर्डहरू -

व्यवसायिक खाता र व्यक्तिगत खाताको लागि अब इसेवा एप प्रयोग गरे पुग्ने

व्यवसायिक खाता र व्यक्तिगत खाताको लागि अब इसेवा एप प्रयोग गरे पुग्ने

अब इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यवसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्ने भएका छन् । 

पहिले नेपालका व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टा छुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो । 

इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ, इसेवा ।

यसबाट प्रयोगकर्ता/मर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन् ।

भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसन मार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्युआर मार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन्। त्यसका साथै मर्चेन्ट खातामा लिकं गरिएको सेटलमेन्ट बैकं खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ । 

यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ । यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताएका छन् ।