फ्युजमेसिन इन्क, एक एआई समाधान र सेवा कम्पनीले सीएसएलएम एक्युजीसन कर्प (नेस्डाक) सँगको व्यापारिक एकीकरण आज पूरा भएको घोषणा गरेको छ। नयाँ संयोजित इकाई अब फ्युजमेसिन इन्क. को नामबाट सञ्चालन हुनेछ।
फ्युजमेसिनको साधारण शेयर र वार्रन्टहरू नेस्डाक ग्लोबल मार्केटमा क्रमश: “FUSE” र “FUSEW” अन्तर्गत २३ अक्टोबर २०२५ देखि कारोबार गर्न सुरु गरिनेछ।
यो उपलब्धिले फ्युजमेसिनको “एआई लोकतान्त्रिककरण” (एआई पहुँच सबैका लागि पुर्याउने) मिशनमा नयाँ अध्याय खोल्ने कम्पनीले जनाएको छ । यसले उन्नत कृत्रिम बुद्धिमत्ता प्रविधि, शिक्षा र नवप्रवर्तनलाई विश्वव्यापी बजारसम्म विस्तार गर्ने लक्ष्यलाई तीव्रता दिनेछ। सार्वजनिक सूचीकरणले कम्पनीलाई द्रुत रूपमा वृद्धि र नवप्रवर्तन तीव्र पार्न सक्षम बनाउने तथा लेनदेनबाट प्राप्त कोषले आकर्षक उत्पादनहरू विकास गर्न, ग्राहक विस्तार गर्न र उद्यम ग्राहकहरूको समर्थन गर्न प्रयोग गरिनेछ।
“सानो टिमसँग आइडियेट र इन्नोभेट गर्दै नेस्डाकमा सूचीबद्ध हुन आइपुग्नु हाम्रो लागि लामो यात्रा हो,” फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत डा. मास्केले भने।
नयाँ संयोजित कम्पनीको नेतृत्व समीर मास्के (प्रमुख कार्यकारी अधिकृत) र क्रिस्टिन चेम्बर्स (प्रमुख वित्तीय अधिकृत) ले गर्नेछन्, र फ्युजमेसिनको कार्यकारी टोलीसहित कम्पनीको निर्देशक मण्डलमा समीर मास्के, भरत कृष्ण, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन्।