कीवर्डहरू -

काठमाडौं विश्वविद्यालयमा बीवाईडीको चार्जिङ स्टेशन

काठमाडौं विश्वविद्यालयमा बीवाईडीको चार्जिङ स्टेशन

काठमाडौं विश्वविद्यालय धुलिखेलमा बीवाईडीको विद्युतीय चार्जिङ स्टेशन निर्माण भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं विश्वविद्यालय धुलिखेलमा ३३ किलोवाटको डिसी फास्ट चार्जिङ स्टेसन निर्माण गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र बिवाइडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले उक्त चार्जिङ स्टेशनको उद्घाटन गरेका थिए । 

बिवाइडीले विश्वविद्यालयलाई चार्जिङ स्टेशन बाहेक अनुसन्धान र शिक्षण गतिविधिहरूको लागि इलेक्ट्रिक सवारी साधनहरूको कम्पोनेन्टहरू प्रदान गरेको छ ।

यी कम्पोनेन्टहरू केयुमा प्रयोगशालाको सेटअपमा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आधुनिक इभी प्रविधिहरूसँग प्रत्यक्ष रूपमा सहभागी हुने सहयोग मिल्नेछ । 
बिवाइडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले पृथ्वीलाई १ डिग्री सेल्सियसमा चिसो बनाउन मद्दत गर्नु लक्ष्य रहेको जानकारी दिदै यस साझेदारीले वातावरणमैत्री सवारी साधनलाई प्रोत्साहन गर्ने बताए ।

यस्तै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले यसले विद्यार्थीहरूलाई नेपालमा हरित प्रविधिको भविष्यमा योगदान दिन आवश्यक ज्ञान र सीपहरू प्रदान गर्ने जानकारी दिए ।