बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘बीवाईडी हाई–टेक विक २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। द एभरेष्ट होटलमा फेब्रुअरी २७ देखि मार्च ४ सम्म आयोजना हुने यसमा इलेक्ट्रिक भेइकल, एआई इन्टिग्रेसन र नयाँ उर्जा सोलुसनका आधुनिक सुविधाहरूलाई एकै ठाउँमा समेट्ने उद्देश्य राखेको छ।
कम्पनीकाअनुसार, यस इभेन्टमा उपस्थित हुने आगन्तुकहरूले उच्च–टेक इन्टर्याक्टिभ जोनमार्फत बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.० लगायतका अत्याधुनिक प्रविधिहरूको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।
साथै, नेक्स्ट–जेन भेइकल शोकेसमा बीवाईडीका पछिल्ला मोडल र चाँडै आउने नयाँ मोडलको प्रदर्शनी हुने भएकोले अटोमोटिभ क्षेत्रका व्यवसायी, प्रविधि उत्साही र साधारण प्रयोगकर्ताले भविष्यको स्मार्ट मोबिलिटीको झलक पाउनेछन्।
रियल–टाइम टेक्नोलोजी डेमो, विशेषज्ञ टक र प्यानल डिस्कसनमार्फत नेपालमा ईभी ट्रेन्ड र नविन इनोभेसनका बारेमा महत्वपूर्ण जानकारी साटासाट हुनेछ। इभेन्टले परिवारिक क्रियाकलाप र रमाइला कार्यक्रमहरूको आयोजना पनि गरेकोले सबै उमेरका दर्शकहरूका लागि यो एक अनुपम अनुभव बन्ने अपेक्षा गरिएको छ।
टिकट खरिद ई-सेवामा उपलब्ध गराइएको छ भने विद्यार्थीहरूलाई परिचय पत्र देखाउँदा निःशुल्क प्रवेशको सुविधा प्रदान गरिनेछ। यस इभेन्टले नेपालमा इलेक्ट्रिक मोबिलिटी र सस्टेनेबल प्रविधिको क्षेत्रमा नयाँ सोच र उर्जा प्रवाह गर्ने विश्वास गरिएको छ। सहभागीहरूले आधुनिक प्रविधिका नविन प्रयोगहरू प्रत्यक्ष अवलोकन गर्दै स्मार्ट मोबिलिटीको भविष्यमा आफ्नो योगदान पुर्याउने सुनौलो अवसर प्राप्त गर्नेछन्।