आइसिटी फाउन्डेसन नेपालले डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र (पेपर) आह्वान गरेको छ ।
डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका ८ वटा रणनीतिक क्षेत्रहरू र अन्य उदीयमान डिजिटल प्राथमिकताहरू समेट्ने गरी ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ का लागि कार्यपत्र आह्वान गरिएको हो ।
कार्यपत्र बुझाउने म्याद पनि थप गरिएको छ । अब साउन १७ गतेसम्म कार्यपत्रको एब्सट्रयाक्ट पठाउन सकिने छ । कन्सेप्ट वा एब्सट्रयाक्ट स्वीकृत भएको/नभएको जानकारी साउन १९ गते दिइने छ ।
त्यसपछि क्यामेरा रेडी सबमिशन साउन २५ गते र सहभागिताको पुष्टि साउन २८ गतेसम्म गरिसक्नुपर्नेछ ।
साउन ३० गते काठमाडौंको सोल्टी होटलमा हुने कन्क्लेभमा विभिन्न रणनीतिक क्षेत्रमाथि अनुसन्धानमूलक र विश्लेषणात्मक कार्यपत्र प्रस्तुत गर्न आह्वान गरिएको हो ।
कार्यपत्र बुझाउने तथा थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ। सम्मेलनसम्बन्धी विस्तृत जानकारी www.digitalconclave.org मा उपलब्ध रहेको छ ।