सरकारले सगरमाथा संवाद २०२५ का लागि सामाजिक सञ्जाल दूतको आह्वान गरेको छ । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवादको पहिलो संस्करणमा सामाजिक सञ्जाल दूत बन्न चाहनेका लागि सरकारले आह्वान गरेको हो ।
सगरमाथा संवादको पहिलो संस्करणको थिम जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य रहेको छ । उक्त संवादका लागि सामाजिक सञ्जाल दूत बन्न चाहनेले यहाँ क्लिक गरी आवेदन दिन सक्ने छन् । आवेदन दिन समय बिहीबार साँज ५ बजेसम्म रहेको छ ।
यो स्वेच्छिक एवं अवैतनिक भूमिका हो । यसअन्तर्गत जलवायु परिवर्तन र पर्वतीय सन्देशलाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्न चाहने प्रभावशाली युवाहरू र कन्टेन्ट क्रिएटरहरूलाई आमन्त्रण गरिएको छ । यसबाट जलवायु परिवर्तन, संवाद र अन्तर्राष्ट्रिय सहकार्यको पक्षमा आवाज उठाउनु पर्नेछ ।
छानिएका व्यक्तिहरूलाई संवादसम्बन्धी विशेष डिजिटल प्रमोशन सामग्रीमा पहुँच र कामका आधारमा प्रशंसापत्र प्रदान गरिनेछ । साथै, संवाद सम्बन्धी सेसनहरुमा सहभागी हुने अवसर समेत मिल्न सक्नेछ ।