कीवर्डहरू -

क्यान्भाको नयाँ ‘डिजाइन मोडेल’ सार्वजनिक, एफिनिटी सफ्टवेयर अब निःशुल्क

क्यान्भाको नयाँ ‘डिजाइन मोडेल’ सार्वजनिक, एफिनिटी सफ्टवेयर अब निःशुल्क

विश्वप्रसिद्ध ग्राफिक डिजाइन कम्पनी क्यान्भा (Canva) ले बिहीबार डिजाइनका लेयर र फर्म्याटहरू बुझ्नसक्ने गरी आफ्नै डिजाइन मोडेल सार्वजनिक गरेको छ । 

यससँगै नयाँ उत्पादन र फिचरहरू, एआई सहायकका अद्यावधिक संस्करणहरू, र स्प्रेडसिट उपकरणसँग जोडिएको डाटा–भिजुअलाइजेसन विजेट सुविधा पनि प्रस्तुत गरेको छ ।

क्यान्भाले आफ्नो नयाँ फाउन्डेसनल मोडेल सार्वजनिक गर्दै - यो मोडेल क्यान्भाका डिजाइन इलेमेन्टहरूमा आधारित प्रशिक्षणमार्फत तयार गरिएको हो । यसले साधारण फ्ल्याट इमेजभन्दा भिन्न रूपमा, सम्पादनयोग्य लेयर र वस्तुहरू (editable layers and objects) सहित डिजाइन उत्पादन गर्न सक्छ । यस मोडेलले सोसल मिडिया पोस्ट, प्रेजेन्टेसन, ह्वाइटबोर्ड र वेबसाइट लगायतका विभिन्न फर्म्याटमा काम गर्न सक्छ।

क्यान्भाका ग्लोबल प्रोडक्ट प्रमुख रबर्ट कवाल्स्कीले टेकक्रञ्चसँग कुरा गर्दै भनेका छन्, ‘हामीले पहिलोमा डिफ्युजन मोडेलमार्फत फ्ल्याट इमेज बनाएका थियौं। अहिलेका ओम्नी मोडेलहरूले त्यसलाई एक स्तर माथि पुर्‍याएका छन् — जसमा प्रयोगकर्ताले सोफिस्टिकेटेड एडिटिङ गर्न सक्छन्। तर भिजुअल मिडियामा परिणामसम्म पुग्न प्रॉम्प्टमार्फत मात्र काम गर्नु चुनौतीपूर्ण हुन्छ ।’

एआई सहायक र नयाँ फिचरहरू

यस वर्षको सुरुवातमा क्यान्भाले क्यान्भा नामको एआई सहायक सार्वजनिक गरेको थियो, जसले च्याट-जस्तो इन्टरफेसमार्फत पाठबाट दृश्य सामग्री उत्पादन गर्छ । 

अब यो सहायक सामग्री र डिजाइन ट्याबहरूमा समेत एकीकृत गरिएको छ। प्रयोगकर्ताले @mention गरेर बोटलाई ट्याग गरी टेक्स्ट वा मिडिया सुझाव लिन सक्छन् ।

नयाँ अपडेटसँगै, एआई टुलले 3D वस्तुहरू सिर्जना गर्न र कुनै पनि डिजाइनको कला शैली कपी गर्न पनि सक्छ । क्यान्भाले नयाँ स्प्रेडसिट उत्पादन र प्रम्प्टमार्फत मिनी एप बनाउन सकिने सुविधा पनि थपेको छ । अब यी दुई फिचर एकअर्कासँग जोडिएका छन्, जसले प्रयोगकर्तालाई स्प्रेडसिटमा रहेका डेटा प्रयोग गरी डाटा विजेटहरू बनाउन सहयोग गर्छ ।

क्यान्भा ग्रो र अफिनिटी नि:शुल्क

यस वर्ष सुरुमा क्यान्भाले विज्ञापन एनालिटिक्स कम्पनी म्याजिकब्रिफ किनेको थियो । अब कम्पनीले आफ्नै निर्माण प्लेटफर्म र उक्त मापन उपकरण प्रयोग गरेर Canva Grow नामको नयाँ मार्केटिङ प्लेटफर्म ल्याएको छ ।

यसले एआईमार्फत सामग्री निर्माणदेखि विज्ञापनको प्रदर्शन विश्लेषणसम्म सबै कार्य एकै ठाउँमा गर्न सक्नेछ । साथै, प्रयोगकर्ताले क्यान्भाबाटै मेटा जस्ता प्लेटफर्ममा विज्ञापन प्रकाशन गर्न सक्नेछन् ।

क्यान्भाले नयाँ एआई सुविधासँगै धेरै नयाँ उत्पादनहरू पनि ल्याएको छ । अब प्रयोगकर्ताले क्यान्भा फर्म प्रयोग गरेर गूगल फर्म जस्तै सर्वे वा प्रतिक्रिया सङ्कलन गर्न सक्नेछन् ।

त्यसैगरी, इमेल डिजाइन टेम्प्लेट र लेआउट बनाउनका लागि पनि नयाँ सुविधा थपिएको छ, जसले प्रयोगकर्ताको ब्रान्ड पहिचानअनुसार डिजाइन मिलाउन सहयोग गर्छ । 

क्यान्भाले गत वर्ष प्रोफेशनल डिजाइन सुइट ‘Affinity’ किनेर आफ्नो प्रतिस्पर्धा एडोबी (Adobe) सँग मजबुत बनाएको थियो। अब कम्पनीले घोषणा गरेको छ कि एफिनिटी सबै प्रयोगकर्ताका लागि सधैंका लागि निशुल्क हुनेछ ।

क्यान्भाले एफिनिटीको इन्टरफेस पुनःडिजाइन गर्दै भेक्टर, पिक्सेल र लेआउट उपकरणहरूलाई एउटै इन्टरफेसमा एकीकृत गरेको छ । साथै, अफिनिटीलाई क्यान्भासँग मजबुत रूपमा एकीकृत गरिएको छ, जसले प्रयोगकर्तालाई प्रोफेशनल टुलमा तयार गरेका वस्तुहरू क्यान्भामा सार्न र एआईमार्फत प्रत्यक्ष डिजाइन वा इमेज सिर्जना गर्न सुविधा प्रदान गर्छ।