दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले साइबर ब्यूरोले पेश गरेको प्रतिवेदनका आधारमा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धि मुद्दा दर्ता गरेको हो ।
प्रसाईंविरुद्ध दर्ता भएको मुद्दामा ७ वर्ष कैद सजाय माग गरिएको छ । यस बाहेक प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी आरोपसहित ‘कीर्ते’ कागजात सार्वजनिक गरेपछि सीआईबीले उनलाई मंसिर ४ गते पक्राउ गरेको थियो ।