कीवर्डहरू -

विदेशबाट पठाएको रकम आइएमई पेमा प्राप्त गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक

विदेशबाट पठाएको रकम आइएमई पेमा प्राप्त गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक

डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे  वालेटमा प्राप्त गर्दा  ग्राहकहरुलाई एक हजार रूपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने अफर  सार्वजनिक गरेको छ ।  

अफर अन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई पे  वालेटमा पठाएको पैसा आइएमई पे  एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक  प्राप्त गर्न सक्नेछन् । 

यथावत रहिरहेको 'आइएमई गरौँ,करोडपति बनौँ' योजनालाई  थप परिस्कृत गर्दै  बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत  क्यास ब्याक अफर पनि सार्वजनिक गरिएको छ ।

सेवाग्राहीहरुको  उत्साह तथा हितको लागि बेला बेलामा विभिन्न अफर सार्बजनिक गर्दै आएको आइएमई पेले  यस अघिको योजनामा प्रयोगकर्ताहरुको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा  राखेर यो  योजना सार्बजनिक गरिएको बताइएको छ ।

आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त  गर्नुको साथै  ग्राहकले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न , फ्लाइट टिकट खरिद गर्न , मोबाइल रिचार्ज गर्न  साथै  सबै प्रकारको बीमा नवीकरण  तथा थुप्रै सेवाहरुको सहजै भुक्तानी गर्न सक्नेछन् र आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।