गुगलका सीईओ सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको ‘सबैभन्दा ठूलो फोकस’ एआई मोडल जेमिनाईमा हुने बताएका छन् ।
सीएनबीसीका अनुसार, डिसेम्बर १८ मा भएको रणनीति बैठकबाट प्राप्त अडियोमा पिचाई र अन्य कार्यकारीहरूले आउँदो वर्षका प्राथमिकताहरू प्रस्तुत गरेका थिए ।
‘सन् २०२५ धेरै महत्त्वपूर्ण हुने मैले सोचेको छु,’ पीचाईले भने, ‘मलाई लाग्छ, यो क्षणको जरूरीलाई आन्तरिक बनाउन र कम्पनीको रूपमा छिटो अगाडि बढ्नु आवश्यक छ ।’
यसले विशेष गरी टेक कम्पनीहरू जस्तै गुगलले एआईमा भारी लगानी गरिरहेको, तर प्रायः मिश्रित नतिजाका साथ देखिने अवस्थालाई इंगित गरेको छ ।
पिचाईले कम्पनीलाई एआईतर्फ केही कुरा सुधार गर्न बाँकी रहेको स्वीकार गरेका छन् । उनले जेमिनाई एप (कम्पनीको नामकै एआई मोडेलमा आधारित) लाई ‘बलियो गतिको’ रूपमा वर्णन गर्दै सन् २०२५ मा ग्याप बन्द गर्न र त्यहाँ नेतृत्वको स्थान स्थापित गर्न काम गर्नुपर्ने बताए । ‘सन् २०२५ मा उपभोक्ता पक्षमा जेमिनाई स्केलिङ हाम्रो ठूलो प्राथमिकता हुनेछ,’ उनले भने।