कीवर्डहरू -

सीजीको दशैं, तिहार अफर, सामानहरू खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहार

सीजीको दशैं, तिहार अफर, सामानहरू खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहार

सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । यस योजनामा सीजीका प्रत्येक सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सकिने छ । 

यस योजना अन्तर्गत, सीजी तथा सीजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार ५०० रुपैयाँ सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ ।

यस स्किममा सामान खरिद गर्दा पक्का उपहार समेत पाइने छ । ६५ र इन्चको सीजी टिभी तथा ५५ इन्च र सोभन्दा माथिको सीजी क्यूलेड खरिदमा २.१ स्पिकर, सीजी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान र सीजी रेफ्रिजरेटर (साइड बाई साइड ÷ मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम निःशुल्क पाइने छ । 

सीजी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट, सीजी फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो), सीजी सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) र सीजी डिशवाशर को खरिदमा डिशवाशर किट निःशुल्क पाइने छ । 

यस अफरमा ग्राहकहरूले सीजी टिभी (३२ इन्चदेखि ५५ इन्चसम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिने छ । त्यस्तै, यो योजना अन्तरर्गत सीजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्नेछन् ।

त्यसैगरी, सीजीले आफ्ना ग्राहकहरूलाई सीजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्नेछ । यो योजना भदौ २३ देखि नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ ।