कीवर्डहरू -

सीजीले ल्यायो अन्तरक्रियात्मक डिजिटल बोर्ड

सीजीले ल्यायो अन्तरक्रियात्मक डिजिटल बोर्ड

सीजी ब्रान्डले शिक्षा, कर्पोरेट अफिस र अस्पतालहरूका लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड सुरु गरेको छ।

अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।  

बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससंग अन्तरक्रिया गर्न पनि सकिनेछ ।  बोर्डमा रिजोल्युसन, वायरलेस स्क्रिन टच, एन्ड्रोइड ज्ञघ ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरू सहित ६५, ७५ र ८६ इन्चमाा उपलब्ध छन्।

यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिङ हल र घरमा पनि उपयोगी रहेको कम्पनीको भनाइ छ । यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सकिन्छ।