कीवर्डहरू -

विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माणमा तीव्रता दिदै सीजी मोटर्स

विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माणमा तीव्रता दिदै सीजी मोटर्स

सीजी मोटर्सले विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माणमा तीव्रता दिएको छ । अहिले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेशन स्थापन गरिसकेको सीजी मोटर्सले त्यति संख्यामा भविष्यमा विस्तार गर्ने योजना बनाएको छ । 

व्यापक चार्जिङ नेटवर्कले ग्राहकहरूका लागि निर्बाध रूपमा यात्रा गर्न सक्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । बालाजु यातायातका सोम प्रसाद तुलाचनले १८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा सिजी मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट रहेको बताए । 

सिजी मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ । सर्भिस सेन्टरहरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक किङलङ र केवाईसी ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । 

अन्नपूर्ण यातायातका तोयनाथ पोखरेलले सिजी मोटर्सले भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको बताए ।  सिजी मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेशन रहेका छन् ।

विर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, विरगंज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी साथै काठमाडौँमा, हात्तीवन, चावहिल र भक्तपुरमा उक्त स्टेसन रहेका हुन् ।