कीवर्डहरू -

वीरगञ्ज पुग्यो सीजी मोटर्स

वीरगञ्ज पुग्यो सीजी मोटर्स

सीजी मोटर्सले मधेश प्रदेशको वीरगंजमा अत्याधुनिक ब्रान्डहरूको सार्वजनिक गरेको छ । अब वीरगन्जमै सीजी मोटर्सले एभाटर, एक्सपेंग, नेटा, आयोन भी, आयोन वाई र रिडारा सवारीसाधन खरिद गर्न सकिने छ । 

कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्टलाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गरेको छ ।  उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्ट हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति भएको थियो । 

यस बाहेक ग्राहकहरूको सुविधा बढाउन, सीजी मोटर्सले सीजी केयर्स सर्भिस एप पनि प्रस्तुत गरेको छ, जसले +९७७ ९७०७०९४२०७ हटलाइनमार्फत २४/७ सडक सहायताको सेवा दिनेछ । 

नेपालभरका २१ भन्दा बढी सेवा तथा स्पेयर पार्ट्स केन्द्र र २३० भन्दा बढी चार्जिङ स्टेसनहरूको पहुँचको साथ, वीरगंज-मधेश प्रदेशका ग्राहकहरूले अब सिजी केयर सुविधाबाट विशेष सेवाहरू पाउँदै सहज मर्मतसम्भार र उत्कृष्ट ग्राहक अनुभव प्राप्त गर्न सकिने छ ।