कीवर्डहरू -

सीजीको वासर ड्रायर वासिङ मेसिन बजारमा

सीजीको वासर ड्रायर वासिङ मेसिन बजारमा

कपडा धुने र मेसिनभित्रनै सहजै सुक्ने प्रविधियुक्त ‘वासर एन्ड ड्रायर वासिङ मेसिन’ सीजीले उपलब्ध गराएको छ ।

पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले यो वासिङ मेसिन बजारमा ल्याएको सीजीले जनाएको छ । 

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरुलाई नाश गरि, हिट पम्प ड्राइङ टेक्नोलोजिमार्फत सहजै सुकाउन मिल्ने कम्पनीको भनाइ छ । 

सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ । जुन बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सीजी स्टोरहरु वा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।