चीनको स्टोरेज कम्पनी बिविन ले सानो तर शक्तिशाली मिनी एसएसडी सार्वजनिक गरेपछि पोर्टेबल डिभाइसहरूको भण्डारण क्षमता र प्रयोगको तरीका नयाँ युगमा प्रवेश गरेको देखिन्छ। माइक्रो–एसडी जस्तो आकार भएकाले यो सजिलै राख्न र निकाल्न मिल्छ, तर यसको क्षमता र प्रदर्शनले ठूलो असर पार्न सक्छ।
मिनी एसएसडी ले पीसीआईई 4.0 x2 इन्टरफेस र एनभीएमई १.४ प्रोटोकल प्रयोग गरेर एक्स्ट्रीम स्पीड दिन्छ। पढ्ने गति करिब ३,७०० एमबी/सेकेण्ड र लेख्ने गति करिब ३,४०० एमबी/सेकेण्ड सम्म पुग्छ, र ५१२ जीबी, १ टिबी र २ टिबी को क्षमतामा उपलब्ध छ। आकार सानो भएता पनि यसको निर्माण मापदण्ड बलियो राखिएको छ, पानी र धुलोबाट असर पुग्दैन र ३ मिटर उचाइबाट खस्दा पनि काम गर्ने अवस्था कायम रहन्छ।
पोर्टेबल कम्प्युटिङ र गेमिङमा ठूलो सुधार: स्मार्टफोन, ट्याब्लेट र ल्यापटपमा थप स्टोरेज राखेर ठूला फाइल, ४K / ८K मिडिया र भारी एप्स सजिलै सञ्चालन गर्न सकिन्छ।
डिजाइनमा स्वतन्त्रता: बिल्ट–इन स्टोरेज सीमामा निर्भर नगरी निर्माताहरूले सानाठूला पोर्टेबल डिभाइसहरूमा आवश्यकता अनुसार स्टोरेज थप्न सक्नेछन्।
टिकाउ र भरपर्दो: पानी, धुलो र ड्रप–प्रोटेक्सनजस्ता गुणले वास्तविक प्रयोगमा विश्वसनीयता बढाउँछ।
मुख्य प्रयोगका क्षेत्र
मिनी एसएसडी स्मार्टफोन, क्यामेरा तथा एक्शन क्यामेराबाट लिएर पोर्टेबल गेमिङ कन्सोल र ल्यापटपसम्म प्रयोग गर्न मिल्नेछ। हाल चीनमा जीपीडी विन ५ र वनएक्सप्लेयर सुपर एक्स जस्ता पोर्टेबल गेमिङ डिभाइसहरूमा यसको प्रयोग भैरहेको रिपोर्ट गरिएको छ, जसले गेमिङ अनुभवलाई थप सहज र समृद्ध बनाउनेछ।
ल्यान्ड ग्रिड एरे प्याकेजिङमार्फत कन्ट्रोलर र फ्ल्याश मेमोरी एक सानो फ्रेममा जोडिँदा यो उपकरण सानो तहमा उच्च प्रदर्शन दिन सफल भएको छ। यदि यस्ता मिनी एसएसडी लाई अन्य निर्माताहरूले पनि अपनाए भने भविष्यमा पोर्टेबल उपकरणहरूको डिजाइन र क्षमतामा ठूलो परिवर्तन आउन सक्छ।
सानो आकारमा ठूलो स्टोरेज र उच्च प्रदर्शन ल्याउने यो मिनी एसएसडी ले मोबाइल हार्डवेयर डिजाइनमा नयाँ सम्भावना खोलेको छ। अहिलेका लागि यो उपकरण चीनमा उपलब्ध भएपछि उपभोक्ता र निर्माताबीच उत्साह बढेको छ ।