क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिञ्जिबी अधिकारी ‘चितवन आईसीटी एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित भएका छन् ।
क्यान महासंघ चितवन शाखाको २०औँ वार्षिक साधारणसभामा अधिकारीलाई ‘चितवन आईसीटी एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मान गरिएको हो ।
आईसीटी क्षेत्रमा विशेषगरी चितवनको प्रविधि विकासमा दुई दशकदेखि गरेको अतुलनीय योगदानको कदर स्वरूप सम्मान गरिएको बताइएको छ ।
उनले डिजिटल चितवन फ्रेमवर्कको अवधारणा निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
विष्णु प्रसाद लामिछानेको सभापतित्वमा भएको क्यान महासंघ चितवन शाखाको २०औँ वार्षिक साधारणसभामा प्रमुख अतिथिका रूपमा क्यान महासंघ चितवन शाखाका संस्थापक कोषाध्यक्ष तथा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जिबी अधिकारी अधिकारीको उपस्थिति रहेको थियो।
आईसीटी समाचार