कीवर्डहरू -

नागरिक लगानी कोषले सञ्चालनमा ल्यायो नयाँ एप

नागरिक लगानी कोषले सञ्चालनमा ल्यायो नयाँ एप

नागरिक लगानी कोषले नयाँ मोबाईल एप ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । कोषले सहभागीहरुको सहजताको लागि नयाँ परिष्कृत मोबाईल एप सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको हो ।

नयाँ एप एन्ड्रोइडआईओएसमा उपलब्ध रहेको छ । पुरानो मोबाईल एपमा दर्ता भएका सहभागीहरुको युजरनेम र पासवर्ड परिवर्तन भएको र सोको जानकारी दर्ता भएको मोबाईलमा पठाईएको कोषले जनाएको छ ।

ई-सर्भिस मा दर्ता भएका सहभागीहरुले नयाँ मोबाईल एपमा रजिष्टर गर्नुपर्ने छैन र ई-सर्भिस पोर्टलकै युजरनेम र ‍पासवर्डले नयाँ मोबाइल एपमा लगइन गर्न सकिने छ ।