कीवर्डहरू -

संविधान सुधारका लागि नागरिकको सुझाव माग, इमेल र ह्वाट्सएपमार्फत पठाउन सकिने

संविधान सुधारका लागि नागरिकको सुझाव माग, इमेल र ह्वाट्सएपमार्फत पठाउन सकिने

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले नागरिकसँग राय तथा सुझाव माग गरेको छ । कार्यदलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा सात दिनभित्र सुझाव पठाउन आग्रह गरेको हो ।

कार्यदलका अनुसार गत वैशाख १० गते बसेको बैठकले संविधान संशोधन प्रक्रियामा आम नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सुझाव संकलन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार संविधानमा गर्नुपर्ने संशोधन, सुधार तथा परिमार्जनसम्बन्धी धारणा संकलन गर्न सार्वजनिक सूचना जारी गरिएको जनाइएको छ ।

इच्छुक नागरिकले आफ्ना सुझाव कार्यदल सचिवालयको इमेल [email protected] वा [email protected] मा पठाउन सक्नेछन् । साथै, ९८५६०२९९४७ नम्बरको ह्वाट्सएपमार्फत पनि सुझाव पठाउन सकिने सूचनामा उल्लेख छ ।

यसअघि मन्त्रिपरिषद्को २०८२ चैत १६ गते बसेको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट एक एक जना प्रतिनिधि समावेश छन् ।

null