कीवर्डहरू -

विद्युतीय गाडी सिट्रोन ईसी ३ मा चाडपर्व अफर, निःशुल्क बीमा र सडक करको सुविधा

विद्युतीय गाडी सिट्रोन ईसी ३ मा चाडपर्व अफर, निःशुल्क बीमा र सडक करको सुविधा

नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र विद्युतीय गाडी सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ। 

सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको छ । 

जुन गाडी ७.४ लाख डाउन पेमेन्टमा उपलब्ध हुने जनाइएको छ ।  यसैगरी सिट्रोन ईसी ३ अफरमा निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक करको अफर रहेको छ भने प्रि–बजेट मूल्य ३५ लाख ९९ हजार रूपैयाँमा रहेको कम्पनीले जनाएको छ ।