अमेजन वेब सर्भिसेस (एडब्लुएस) को नेपालको ट्रेनिङ पार्टनरको रूपमा जेनेस एकेडेमी आवद्ध भएको छ । जेनेस एकेडेमी नेपालको एक मात्र आधिकारिक एडब्लुएसको तालिम साझेदार भएको हो ।
जेनेस एकेडेमीकी प्रबन्ध निर्देशक आस्था शर्माले एडब्लुएसको ट्रेनिङ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हर्षित भएको बताइन् ।
‘क्लाउड सम्बन्धि उच्च गुणस्तरको शिक्षा प्रदान गर्न र विद्यार्थीहरूलाई क्लाउड कम्प्युटिङको द्रुत रूपमा विकसित भइरहेको क्षेत्रमा उत्कृष्टता हासिल गर्न आवश्यक सीपहरू प्रदान गर्ने हाम्रो समर्पणमा महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भनिन् ।
यसँगै क्लाउड कम्प्युटिङमा प्रशिक्षण प्रदान गर्न र संस्थालाई एडब्लुएस शिक्षाको लागि प्रमुख गन्तव्यको रूपमा स्थापित गर्ने जेनेस एकेडेमीले जनाएको छ । जेनेस एकेडेमीले उच्च-गुणस्तर, ह्यान्ड्स-अन प्रशिक्षण प्रदान गर्ने र अर्को पुस्तालाई क्लाउड सम्बन्धि शिक्षित गर्न सघाउने कम्पनीको प्रतिबद्धता छ ।
एडब्लुएस तालिम साझेदारको रूपमा जेनेस एकेडेमीले आफ्ना विद्यार्थी, कर्मचारी र बृहत् समुदायलाई अत्याधुनिक पाठ्यक्रममा पहुँच, प्रमाणीकरण र नेटवर्किङको अवसर प्रदान गर्नेछ ।