काठमाडौं । हाम्रो अनलाइन पोर्टलमा प्रकाशित “आरआर क्याम्पसमा प्राध्यापकबीच कुटाकुट” शीर्षकको समाचार सम्बन्धमा हामी स्पष्टीकरण दिन चाहन्छौं ।
उक्त समाचार विभिन्न स्रोतबाट प्राप्त जानकारीका आधारमा प्रकाशित गरिएको थियो । तर समाचार प्रकाशनपछि सम्बन्धित पक्षहरूसँग प्रत्यक्ष सम्पर्क गरी आधिकारिक पुष्टि गर्ने प्रयास गर्दा सबै पक्षसँग पर्याप्त समन्वय र तथ्य पुष्टि हुन सकेन ।
विशेष गरी समाचारमा उल्लेख गरिएका आरोप, राजनीतिक संलग्नता, गैरकानुनी नियुक्ति तथा धम्कीसम्बन्धी विषयहरू सम्बन्धित व्यक्तिहरूबाट स्वतन्त्र रूपमा प्रमाणित हुन सकेका छैनन् । यस कारण समाचारबाट सम्बन्धित व्यक्ति वा संस्थाको प्रतिष्ठामा असर परेको भए त्यसप्रति हामी दु:ख व्यक्त गर्दछौं ।
पत्रकारिताको मूल मर्म तथ्य, सन्तुलन र विश्वसनीयता भएकाले हाम्रो संस्था आगामी दिनमा यस्ता विषयमा थप जिम्मेवार र तथ्यपरक ढंगले प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दछ ।
यस घटनासम्बन्धी आधिकारिक धारणा वा प्रमाणसहित कुनै पक्ष आफ्नो भनाइ राख्न इच्छुक भए हाम्रो सम्पर्क माध्यममार्फत जानकारी गराउन अनुरोध गर्दछौं ।
सम्पादकीय टिम
आईसीटी समाचार