कीवर्डहरू -

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिने छ नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिने छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि बोर्डले बिहान १० बजे बोर्ड बैठक समेत बोलाएको छ ।

कक्षा १२ को नतिजा नेपाल टेलिकमको विभिन्न माध्यमबाट हेर्न सकिने छ । कक्षा १२ को नतिजा टेलिकमको आईभीआर, एसएमएस, युएसएसडी तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ ।

१६०१ मा फोन गरेर, NEB लेखेर एक स्पेश दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा एसएमएस पठाउन सकिने छ । 

नेपाल टेलिकमको Website: https://neb.ntc.net.np मार्फत मार्कसिटसहितको नतिजा सजिलै थाहा पाउन सकिने छ ।