कीवर्डहरू -

सेलपेबाट क्लासिकको टेकको भुक्तानी गर्दा बुलेट बाईकदेखि म्याकबुकसम्म जित्ने अफर

सेलपेबाट क्लासिकको टेकको भुक्तानी गर्दा बुलेट बाईकदेखि म्याकबुकसम्म जित्ने अफर

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’  अफर सार्वजनिक गरेको छ । 

यस अफर अन्तर्गत क्लासिक टेकको इन्टरनेट र टिभीको शुल्क भुक्तानी सेल पे वालेटबाट गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत रोयल इनफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन् । 

त्यति मात्र नभई हरेक महिना म्याकबुक एयर, आईप्याड र एप्पल वाच जित्ने अवसर पनि रहेको छ । उक्त अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबिपिएससहित २०० बढी एचडी र एसडी च्यानल च्यानल रहेको इन्टरनेट टिभी ७९९ रूपैयाँ प्रति महिनामा उपलब्ध हुनेछ ।

साथै नयाँ ग्राहकका लागि २०० एमबिपिएस इन्टरनेट ३ महिनाको मात्र ३३ सय रूपैयाँमा पाइने छ, जसमा वाईफाई सिक्स राउटरसहितको प्याकेज समेत रहेको छ । 

अफरहरु आउने कार्तिक मसान्तसम्म मात्र रहेको पनि कम्पनीले जनाएको छ । आफ्ना ग्राहक वर्गहरुलाई   मध्यनजर गर्दै २४ घण्टा सेवा दिदै आएको छ । 

डिजिटल प्रविधिको उपयोगसँगै बिना झन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहक वर्गहरुलाई  इन्टरनेट टिभीको भुक्तानी सेल पे मार्फत नै गर्न कम्पनीले आग्रह गरेको छ ।