देशभर सेवा विस्तार गर्दै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रोजगारी अवसर खुला गरेको छ। कम्पनीले हालै फिल्ड इन्जिनियर लगायत विभिन्न पदका लागि २०० जना भन्दा बढी कर्मचारीको आवेदन आह्वान गरेको जनाएको छ।
कम्पनीका अनुसार सेवा विस्तार र ग्राहक सेवा अझ प्रभावकारी बनाउनका लागि योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरिएको हो। इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट, नजिकको शाखा कार्यालय वा [email protected] मार्फत आफ्नो CV पठाई आवेदन गर्न सक्नेछन्।
क्लासिक टेकले देशका सबै प्रमुख शहर र गाउँसम्म इन्टरनेट पहुँच विस्तार गर्दै ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको छ।