कीवर्डहरू -

नारी दिवसको अवसरमा क्लासिक टेकको महिला उद्यमी प्याकेज, ५० प्रतिशत छुट

नारी दिवसको अवसरमा क्लासिक टेकको महिला उद्यमी प्याकेज, ५० प्रतिशत छुट

देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा उद्यमी महिलाहरुको लागि ५० प्रतिशत  फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ। 

यस अन्तर्गत  ६० एमबीपीएसको इन्टरनेट वार्षिक १७ हजार ९५० रूपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा ८ हजार ९७५ रूपैयाँमा, १२० एमबीपीएस इन्टरनेटको वार्षिक ३४ हजार २२२ रूपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा १७ हजार १११ रूपैयाँमा र २०० एमबिपीएस वार्षिक ४६ हजार १९५ रूपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा २३ हजार ९७ रूपैयाँमा उपलब्ध हुनेछ ।

 उद्यमी महिलालाई  लक्षित गरि उक्त अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ । यस अफर प्राप्त गर्नको लागि कम्पनी  महिलाको नाममा दर्ता भएको हुनु पर्ने छ ।

उद्यमी प्याकेजमा पब्लिक आईपी, फाईभजी डुअल ब्याड राउटर र अनलिमिटेड एफयुपी पनि समावेश छ । यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर  मार्च १५ सम्म मान्य हुनेछ । 

साथै तोकिएको बाहेक अन्य शुल्क लाग्ने छैन । थप जानकारीको लागि ९८०२६२२३०३   फोन वा [email protected] मेल गर्न सकिने छ ।