कीवर्डहरू -

सफा नेपालले जित्यो डब्लुएसए अवार्ड २०२३

सफा नेपालले जित्यो डब्लुएसए अवार्ड २०२३

सफा नेपाल वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२३ को विजेता बनेको छ । अवार्डको इन्भाइरोमेन्ट एण्ड ग्रीन इनर्जी विधा अन्तर्गत सफा नेपाल विजेता बन्न सफल भएको हो । 

यस बाहेक डब्लुएसए योङ इन्नोभेटर्स अवार्ड नेपालको डिजिटाइजिङ ट्रेडिसनल अकाउन्टिङ फर एसएमईले जितेको छ । नेपालका लागि डब्लुएसए अवार्डको साझेदारको रूपमा आईसीटी अवार्डले समन्वय गरिरहेको छ । आईसीटी अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेसन तथा प्रडक्ट लगायतका अन्य प्रोजेक्टलाई डब्लुएसए अवार्डमा पठाइएको थियो । 

फोहोरमैला व्यवस्थापनमा सघाउने उद्देश्यसहित गरै सरकारी संस्था क्लिनअप नेपालले बनाएको प्रडक्ट हो, सफा नेपाल । यसले स्थानीय तहसँग मिलेर काम गरिरहेको छ । यसबाट विशेष गरी स्थानीय तहलाई फोहोर सम्बन्धि गुनासोहरू गर्न सकिन्छ ।

त्यस बाहेक फोहोरको अवस्थाको बारे जानकारी र फोहोर लिन आउने गाडीको सूचना समेत पाइन्छ । सफा नेपालले अहिलेसम्म स्थानीय तहमा २ हजार ६८३ वेस्ट पूर्वाधार म्याप्ड गरिसकेको छ ।