कीवर्डहरू -

ल्यापटपको स्क्रिन सफा गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

ल्यापटपको स्क्रिन सफा गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

ल्यापटप काम गर्ने मानिसहरूको लागि लगभग एक आवश्यक ग्याजेट भएको छ । यो अफिसदेखि घरसम्म व्यापक रूपमा प्रयोग गरिन्छ । नयाँ ल्यापटपहरू जति उन्नत छन्, त्यति नै नाजुक पनि छन् ।

विशेष गरी नयाँ ल्यापटपहरुको स्क्रिन धेरै संवेदनशील छ । थोरै दबाब वा रसायनको प्रयोगले पनि स्क्रिनलाई हानि पुर्या‍उन सक्छ । यस्तो अवस्थामा स्क्रिन सफा गर्दा केही सावधानी अपनाउनु भयो भने हजारौंको नोक्सान बाट बच्न सक्नुहनेछ । आउनुहोस् आज हामी तपाईलाई ल्यापटपको स्क्रिन सफा गर्दा के गर्न नहुने र के गर्नुपर्छ भन्ने कुरा जानकारी दिनेछौं ।

धेरै विशेषज्ञहरूले ल्यापटप स्क्रिन सफा गर्न लिक्वीड प्रयोग नगर्न सल्लाह दिन्छन् । यसो गर्नाले स्क्रिनका साथै तपाईंको यन्त्रको हार्डवेयरलाई पनि क्षति पुग्न सक्छ । स्क्रिनमा जमेको धुलो हटाउन कुनै पनि प्रकारको स्प्रे प्रयोग गर्नु हुँदैन् । यसले ल्यापटपको हार्डवेयरलाई हानि पुर्या‍उन सक्छ ।

यसैगरी स्क्रिन सफा गर्न अल्कोहल वा कुनै रसायन प्रयोग नगर्नुहोस् । आजकल एलसीडी स्क्रिन सबै टिभी र ल्यापटपहरूमा प्रयोग गरिन्छ । यो केमिकल द्वारा क्षति हुन सक्छ।

कसरी सफा गर्ने ?

ल्यापटपको स्क्रिन सफा गर्नको लागि सुती कपडा वा माइक्रोफाइबर कपडा प्रयोग गर्नुहोस् । ध्यान राख्नुहोस् कि कपडा सफा हुनुपर्छ, ताकि स्क्रिनमा धूलोको कणले स्क्र्याच नहोस् ।

स्क्रिन सफा गर्दा हल्का हातले सफा गर्नुहोस्, ताकि कुनै स्क्र्याच नहोस् र दबाबले स्क्रिनलाई नोक्सान नहोस् । यदि स्क्रिनमा दाग छ भने, पहिले सुख्खा कपडाले स्क्रिन सफा गर्नुहोस् । त्यसपछि तपाईले कपडालाई थोरै भिजाएर स्क्रिन पुछ्न सक्नुहुन्छ । तर पानी भित्र जानु हुँदैन् ।

यदि स्क्रिन अझै सफा छैन भने, माइक्रोफाइबर कपडामा केही क्लिनिंग लिक्वीड वा अल्कोहल खन्याउनुहोस् र प्रभावित क्षेत्र सफा गर्नुहोस् ।

यदि तपाईसँग एलसीडी स्क्रिन छ भने, कुनै पनि प्रकारको केमिकल प्रयोग नगर्नुहोस् । स्क्रिन सफा गर्दा, आफ्नो हात गोलाकार गतिमा सार्नुहोस्। विशेष गरी कुनाहरू सफा गर्दा कपडा सुक्खा राख्नुहोस् ।