केही दिनयता धेरैजसो व्यक्तिहरूका ईमेलहरूमा ‘अनसब्सक्राइब’ सम्बन्धी सन्देशहरू आइरहेका छन् । अधिकांशलाई ती सन्देशहरू वास्तविक लाग्ला, तर यी सबै नक्कली हुन् र यो एक स्क्यामको हिस्सा हो ।
यदि तपाईँ दिनभर ईमेलहरू हेर्नुहुन्छ र नचाहिने ईमेलहरूबाट जोगिन बारम्बार अनसब्सक्राइब बटनमा क्लिक गर्नुहुन्छ भने अब सतर्क हुनुहोस् । यस्तै गर्दा तपाईँ साइबर आक्रमणको शिकार हुन सक्नुहुन्छ ।
यो नयाँ साइबर ठगी गर्ने प्रविधि हो जसमा ठगहरूले तपाईँलाई प्रमोशनल मेल वा न्यूजलेटरको रूपमा मेल पठाउँछन्, जसमा आकर्षक “अनसब्सक्राइब” बटन राखिएको हुन्छ । जति छिटो तपाईंले सो बटन थिच्नुहुन्छ, त्यति नै छिटो तपाईं फिसिङ् आक्रमणको शिकार बन्न सक्नुहुन्छ ।
तपाईंको उपकरणमा मालवेयर, स्पाईवेयर वा र्यानसमवेयर डाउनलोड हुनसक्छ, वा तपाईंको ईमेललाई 'एक्टिभ युजर' भनेर चिन्ह लगाई डार्क वेबमा बेच्नसक्छन् । डीएनएसफिल्टरको रिपोर्टअनुसार, प्रत्येक ६४४ वटा अनसब्सक्राइब लिंकहरू मध्ये एउटा दुर्भावनापूर्ण हुन्छ र यो संख्या दिनानुदिन बढ्दो छ ।
यस स्क्यामबारे सायरबर्पीसका संस्थापक तथा ग्लोबल प्रेसिडेन्ट विनीत कुमारले अनसब्सक्राइब बटनको नाममा धेरै प्रयोगकर्ताहरू स्क्यामरहरूको चालमा परिरहेको बताए । 'यस्तो मेलमा दिइएको लिंक थिच्दा एक नक्कली पेज खुल्छ, जहाँ लग–इन गरेवित्तिकै तपाईंका संवेदनशील विवरणहरू चोरी गरिन्छन् र ती विवरणहरूले तपाईंका अन्य खाता–बिस्तृत पहुँच पाउन सहयोग पुर्याउँछन्,' उनले भने ।
सन्दिग्ध मेलहरूलाई रिपोर्ट वा स्प्याम मार्क गर्नुभयो भने भविष्यमा त्यस्ता मेलहरूबाट बच्न सहज हुन्छ । सायरबर्पीसले सल्लाह दिन्छ कि डिजिटल व्यवहारमा अनुशासन अपनाउनुहोस्, मल्टि–फ्याक्टर अथेन्तिकेसन (२-फ्याक्टर अथेन्तिकेसन) प्रयोग गर्नुहोस्, र हरेक संदिग्ध मेलप्रति सतर्क दृष्टि राख्नुहोस् ।
सुरक्षित र नक्कली अनसब्सक्राइब लिंक कसरी छुट्याउने?
सुरक्षित लिंक | नक्कली लिंक |
---|---|
• विश्वासिलो, परिचित डोमेनबाट आउने (जस्तै: @ictsamachar.com, @ictaward.org) | • नचिनेको डोमेनबाट आउने (जस्तै: @deals‑pathao.ru, @offers‑dealz.online) |
• जीमेलमा पठाउनेको नामपछाडि ‘अनसब्सक्राइब’ अप्सन देखिन्छ | • चम्किला र ठूला अनसब्सक्राइब बटनहरू हुने |
• लिंक क्लिक गर्दा कुनै निजी जानकारी नचाहिने | • लग–इन पेज, फाराम वा अपरिचित वेबसाइटमा पु¥याउने |
• सिधा एक साधारण कन्फर्मेसन पेजमा लगेपछि काम सम्पन्न हुने | • मेलको भाषा टुटे–फुटेको र डिजाइन खराब हुने |
कसरी सुरक्षित रहने?
विश्वसनीय उपकरणहरू प्रयोग गर्नुहोस्
• जीमेलको इनबिल्ट अनसब्सक्राइब बटन मात्र प्रयोग गर्नुहोस् ।
• एप्पलको “हाइड माई इमेल” जस्ता उपकरण प्रयोग गर्नु अघि नीतिहरू अवश्य पढ्नुहोस् ।
अपरिचित मेलहरूमा क्लिक नगर्नुहोस्
यदि मेल अञ्जान लाग्छ भने त्यसलाई स्प्याम मार्क गर्नुहोस्, “अनसब्सक्राइब” मा क्लिक हैन ।
खाता बलियो बनाउनुहोस्
• २-फ्याक्टर अथेन्तिकेसन (२‑FA) अन गर्नुहोस् ।
• तेस्रो–पक्षका एप्समा सीमित पहुँच दिनुहोस् ।
• ब्राउजर र एप्सलाई नियमित रूपमा अपडेट राख्नुहोस् ।
इनबक्स सफा राख्नुहोस्
• किनमेल वा साइनअपका लागि बेग्लै इमेल प्रयोग गर्नुहोस् ।
• मुख्य इमेललाई केवल अत्यावश्यक कामका लागि मात्र प्रयोग गर्नुहोस् ।
सतर्क रहौँ, सुरक्षित रहौँ !