कीवर्डहरू -

३ महिनासम्म सञ्चालन भएको कोडएभाटर ह्याकाथन सम्पन्न, विजेताले पाए १०-१० लाख बिउ पुँजी

३ महिनासम्म सञ्चालन भएको कोडएभाटर ह्याकाथन सम्पन्न, विजेताले पाए १०-१० लाख बिउ पुँजी

कोडएभाटर ह्याकाथन २०२४ सम्पन्न भएको छ । कोडएभाटर टेकले आयोजना गरेको३ महिनासम्म सञ्चालन भएको ह्याकाथनको फिनाले साउन २६ गते सम्पन्न भएको हो ।  

कार्यक्रममा कोडएभाटरका सीईओ तथा सह-संस्थापक डा. राजेन्द्र डंगोलको प्रत्येक व्यक्तिमा उद्यमशीलताको भावना जागृत गर्न ह्याकाथन आयोजना गरेको बताए । 

ह्याकाथनको फिनालेमा ७ वटा टिम पुगेका थिए । प्रत्येक टिमलाई आफ्नो आईडिया प्रस्तुत गर्न सात मिनेटको समय दिइएको थियो । 

अन्तिम सातमा डार्क स्काउट, फ्यान्टासी धारा लिग, एपिक एआई टुल्स, क्लटरकट, एडस्टोर, सासहन्ट र डुकम्पिटिटर पर्न सफल भएका थिए । 

अन्तिम सातमा पर्न सफल आईडियाबाट निर्णायक मण्डलले एपिक एआई टिल्स र क्लटरकट विजेता छनौट गरेको थियो । 

निर्णायक टोलीमा काठमाडौं विश्वविद्यालयको  कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका कार्यवाहक प्रमुख पंकज राज दवाडी, काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख सुदीप शाक्य, थापाथली क्याम्पसको इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख उमेश कान्त घिमिरे, सफ्टवेरिका कलेजको बीएससी कम्प्युटिङ कोर्ष डाइरेक्टर किरण राना, नामी कलेजका एकेडेमीक प्रमुख निश्चल खड्का र पुल्चोक क्याम्पसको इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियर विभाग प्रमुख संजीवन सत्याल रहेका थिए । 

विजेता टिम एपिक एआई टुल्स र कल्टरकटले १०-१० लाख रूपैयाँ बिउ पुँजी प्राप्त गरेका थिए ।