कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । विश्वकै सबैभन्दा ठूलो विद्यालय तहको एआई र कोडिङ प्रतियोगिता कोडेभर नेपालमा निमा एकेडेमीले सञ्चालन गर्दै आएको छ ।
यस प्रतियोगिताको मुख्य उद्देश्य २१औँ शताब्दीका प्रविधिहरू प्रयोग गरेर विश्वका वास्तविक समस्याहरू समाधान गर्न सक्षमता प्रदान गर्नु रहेको छ ।
२०८१ साल फागुन २९ गते सम्पन्न राष्ट्रिय चरणमा पाँच विद्यालयका ५० भन्दा बढी उत्साही सहभागीहरूले सामाजिक रूपमा प्रभाव पार्ने र सिर्जनात्मक परियोजनाहरू प्रस्तुत गरेका थिए ।
राष्ट्रिय चरणपछि उत्कृष्ट १७ परियोजनाहरू मे १६ र १७, २०२५ मा हुने कोडेभर ६.० अन्तर्राष्ट्रिय एआई तथा कोडिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न चयन भएका छन् ।
यो प्रतियोगितामा ३० भन्दा बढी देशका प्रतिभाहरूले भाग लिनेछन्, र तिनीहरूको मूल्याङ्कन अन्तर्राष्ट्रिय प्रविधि विशेषज्ञ, शिक्षाविद् तथा नवप्रवर्तकहरूले गर्नेछन् ।
नीमा एकेडेमीका सीईओ निश्चल प्रधान राष्ट्रिय फाइनलिस्टहरूमा क्षमता अब संसारलाई देखाउने बेला भएको बताए ।
स्किलअप ग्लोबलका शैक्षिक निर्देशक किरण श्रेष्ठको भनाइ अनुसार, फाइनलिस्टहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा देखाउन तयार भएको र नेपाल यसपटक शीर्ष ५ विजेता देशमध्ये पर्नेमा आशा गरिएको छ ।