कीवर्डहरू -

एशिया प्यासिफिक स्कूलमा कोडिङ, एआई र रोबोटिक्समा आधारित विद्यार्थीका परियोजना प्रदर्शन

एशिया प्यासिफिक स्कूलमा कोडिङ, एआई र रोबोटिक्समा आधारित विद्यार्थीका परियोजना प्रदर्शन

टोखाको एशिया प्यासिफिक स्कूलमा कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्समा आधारित विद्यार्थीका इन्नोभेसनहरू  प्रदर्शनी भएका छन् । स्कील्सअपसँगको सहकार्यमा  आयोजना गरिएको प्रदर्शनीमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूले नवप्रवर्तन र उद्यमशीलता भन्ने विषयवस्तुमा विभिन्न प्रोजेक्ट राखेका थिए । 

कोडाथन नाम दिइएको प्रदर्शनीले उदीयमान प्रतिभाहरूलाई आफ्नो कल्पनाशील विचार र प्राविधिक अन्तरदृष्टि व्यक्त गर्ने मञ्चको रूपमा काम गरेको स्कुलले जनाएको छ । 

प्रदर्शनीमा स्मार्ट एग्रीकल्चर अटो ग्रीनहाउस, हेल्मेट÷सिटबेल्ट पत्ता लगाउने सडक सुरक्षा परियोजना, र सौर्य ट्रयाकर​​​​​​, स्मार्ट होम सेक्युरिटी सिस्टम (आवास सुरक्षा), हेल्थकेयर च्याटबोट, एआई रिमोट डाक्टर, सी क्लिनिङ रोबोट, फरेस्ट फायर डिटेक्शन सिस्टम, एरिया क्याल्कुलेटर र स्मार्ट पार्किङ जस्ता प्राजेक्टहरु राखिएको थियो ।

यस प्रदर्शनीले नवप्रवर्तनलाई बढावा दिन र वास्तविक–विश्वका चुनौतीहरूलाई सम्बोधन महत्त्वपूर्ण भूमिका खेल्ने स्कुलको भनाइ छ । प्रदर्शनीमा उपस्थित अभिभावक र सहभागीहरूले बालबालिकाको प्रयासको प्रशंसा गर्दै युवा दिमागले देखाएको रचनात्मकता तथा क्रियशीलताको खुलेर प्रशंसा गरेका थिए ।

यसले विद्यार्थीहरूलाई व्यावहारिक सीपको विकासका लागि कोडिङ, रोबोटिक्स र एआई मार्फत वास्तविक संसारका समस्याहरूलाई सम्बोधन गर्न सामूहिक तथा सहयोगी रूपमा काम गर्न प्रोत्साहित गरेको थियो ।

प्रदर्शनीमा सहभागी भएका विद्यार्थीहरूकोडेभर इभेन्टको राष्ट्रिय साझेदारको रूपमा रहेको नीमा एकेडेमीले आयोजना गर्ने सबैभन्दा ठूलो कोडिङ, रोबोटिक्स प्रतियोगितामा विद्यार्थीहरू सहभागी हुनेछन् ।