कीवर्डहरू -

विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता गर्दै मेरो कोडिङ क्लास, यसरी हुनुहोस् सहभागी

विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता गर्दै मेरो कोडिङ क्लास, यसरी हुनुहोस् सहभागी

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ आयोजना गर्ने भएको छ । पुस १७ गतेदेखि मेरो कोडिङ क्लासले कोडिङ किकस्टार्टको दोस्रो संस्करण आयोजना गर्न लागेको हो । 

कक्षा ३ देखि प्लस टुसम्मका विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता कोडिङ किकस्टार्ट सुरू गर्न लागेको मेरो कोडिङ क्लासले जनाएको छ । पुस १७ गतेबाट कोडिङको वर्कशप सुरू हुनेछ । यस प्रतियोगिता सहभागी हुन कुनै कोडिङको अनुभव चाहिने छैन् । मेरो कोडिङ क्लासले नै १० दिनको कोडिङ वर्कशप गराउने छ । 

विद्यार्थीहरूको क्षमतालाई ध्यानमा राख्दै कक्षा अनुसार कोडिङ सिकाइने मेरो कोडिङ क्लासका संस्थापक वसन्त पन्तले बताए ।कोडिङ किकस्टार्ट ३ देखि ६ कक्षासम्म विद्यार्थीलाई जुनियर क्याटोगोरी, ७ देखि ९ कक्षासम्मका लागि मिड क्याटोगोरी र १० देखि १२ कक्षाका विद्यार्थीलाई सिनियर क्याटोगोरीमा वर्गीकरण गरिएको छ । 

जुनियरलाई स्क्र्याच र मिडलाई पाइथन र सिनियर क्याटोगोरीलाई वेब डेभलपमेन्ट सिकाइने उनले जानकारी दिए । कोडिङ किकस्टार्ट सहभागी हुन प्रत्येक विद्यार्थीले २५०० रूपैयाँ शुल्क तिर्नुपर्नेछ । विद्यालयले पनि विद्यार्थीलाई यस कार्यक्रममा सहभागी गराउन सक्ने छन् । 

मेरो कोडिङसँग सहकार्य गरेपछि विद्यालयमा पुगेरै मेरो कोडिङले कोडिङ वर्कशप सञ्चालन गर्नेछ । कोडिङ किकस्टार्ट आगामी जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।

त्यसपछि आगामी जेठ १५ गते विजेताको नाम घोषणा हुनेछ । विभिन्न चरण पार गर्दै प्रथम हुनेलाई ५ लाख रूपैयाँसम्मको छात्रवृत्ति र एउटा ल्यापटप प्रदान गरिने छ । 

त्यस्तै दोस्रोदेखि पाँचौं हुनेलाई मेरो कोडिङ क्लासको कोर्समा ८० प्रतिशत, छैठौंदेखि दशौं हुनेलाई मेरो कोडिङ क्लासको कोर्समा ६० प्रतिशत र ११ औंदेखि १५ औंसम्म हुनेलाई कोर्षमा ५० प्रतिशतसँगै ट्याबलेट, स्मार्टवाच लगायतका डिभाइस उपलब्ध गराइने छ । 

यस बारे थप बुझ्न र कोडिङ किस्टार्टमा सहभागीका लागि फर्म भर्न यहाँ क्लिक गर्नुहोस् ।