कीवर्डहरू -

सीबीएम कलेज र मोरू डिजिटल वालेटबीच सहकार्य, एक लाख रुपैयाँसम्मको छात्रवृत्ति सुविधा

सीबीएम कलेज र मोरू डिजिटल वालेटबीच सहकार्य, एक लाख रुपैयाँसम्मको छात्रवृत्ति सुविधा

काठमाडौंको डिल्लिबजारमा रहेको सीबीएम (कलेज अफ बिजनेस म्यानेजमेन्ट) र मोरू डिजिटल वालेट बीचको सहकार्यमा विद्यार्थीहरूले एक लाख रुपैयाँसम्मको छात्रवृत्ति बराबरको छुट पाउने अवसर प्राप्त गर्न सक्ने भएका छन् ।

विद्यार्थीहरूले मोरू एपमार्फत 'MORU Scholarship' खोजेर  आफ्ना विवरण भरि अप्लाई गर्न सकिनेछन्।

सीबीएम कलेजले लामो समय देखि उच्च शिक्षामा गुणस्तरीय योगदान दिँदै आएको छ भने मोरूले पछिल्लो समय डिजिटल पेमेण्टको क्षेत्रमा  पहुँच विस्तार गर्दै आएको छ।

मोरूका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेल उच्च शिक्षामा छात्रवृत्तिको पहुँचलाई फराकिलो बनाउने लक्ष्यका साथ मोरू छात्रवृत्ति सुविधा सुरु गरेको बताए । 

सीबीएम कलेजका विद्यार्थीहरूलाई मोरू डिजिटल वालेटमा व्यवसायिक इन्टर्नसिपको पनि अवसर प्राप्त हुनेछ ।