कीवर्डहरू -

फिनटेक कम्पनी जुनो र आईएमई पेबीच सहकार्य, अमेरिकाबाट रियल टाइममै पैसा पठाउन सकिने

फिनटेक कम्पनी जुनो र आईएमई पेबीच सहकार्य, अमेरिकाबाट रियल टाइममै पैसा पठाउन सकिने

डिजिटल वालेट आईएमई पे र फिनटेक कम्पनी जुनोबीच साझेदारी भएको छ । यस सहकार्यसँगै जुनोबाट रियल टाइममै आईएमई पेमा रेमिट्यान्स पठाउन सकिने छ । 

सहकार्यले वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेल्ने दुबैको विश्वास छ । साझेदारीमा बोल्दै आईएमई पेका सीईओ प्रवीण रेग्मीले जुनोको रेक्वेस्ट टु पे सुविधामार्फत आईएमई पेमा पैसा पठाउन सकिने जानकारी दिए । 

यस्तै आईएमई पेसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै जुनोका संस्थापक बालकृष्ण जोशीले यसले क्रसबोर्डर कारोबारलाई सुरक्षित बनाउने बताए । 

जुनोको रिक्वेस्ट टु पे (r2px) समाधानले अमेरिकाबाट नेपालमा वास्तविक समयमा पैसा पठाउने अनुमति दिन्छ ।