अर्थ मन्त्रालयले शुक्रबारदेखि सबै टिप्पणी डिजिटल माध्यममार्फत स्वीकृति दिन सुरू गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणीहरू डिजिटल रूपमा स्वीकृति हुन थालेको जानकारी दिएका छन्।
यसले समय बचत गर्ने, पारदर्शिता बढाउने र प्रक्रियालाई छिटो तथा सरल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।