नेपालमा यसैवर्षदेखि फाइभजी सुरू हुने भएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बोल्दै सञ्चार तथा सूचना प्रविधि पृथ्वी सुब्बा गुरूङले यसैवर्षदेखि फाइभजी सेवा प्रारम्भ गर्ने घोषणा गरेका हुन् ।
‘यो वर्ष भित्र हामी फाईभजी नेटवर्क काठमाडौं उपत्यका र देशका केही महानगरपालिकाबाट प्रारम्भ गर्छौं,’ उनले भने ।
पहिलो चरणमा काठमाडौं उपत्यका र महानगरपालिकाबाट फाइभजी सुरू गर्ने योजना रहेको छ । त्यसपछि विस्तारै अन्य ठाउँमा विस्तार हुनेछ ।